मुख्य सचिवमा शंकरदास बैगारी नियुक्त

डिसी नेपाल
१५ असोज २०७७ ११:५३

काठमाडौं। सरकारले मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए।  बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैरागीलाई मुख्य सचिव नियुक्त गरिएकाे जानकारी दिए।

२०२२ साल माघमा पर्वतमा जन्मिएका पराराष्ट्र सचिव बैरागी २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए। त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *