यो देश कस्का लागि ?

डिसी नेपाल
१७ असोज २०७७ ९:४२

मनवताको एकीकरणको सपना आज विभाजित छ । सिंगो पृथ्वी जल, थल, वनजंगल, पहाड, मैदान, मरुभूमि, जनावर, पशुपंक्षी सबैलाई हामी मानिसले आफू बाँच्नको लागि, सुविधाको लागि विभाजित गरेका छौं। रंगमा, नस्लमा, जातिमा धर्ममा पनि विभाजित गरेका छौं। रेगिस्तान र मृगतृष्णाको विम्वलाई जीवन मान्ने दर्शनहरु उत्पादन हुन् थालेका छन्। पाकिस्तानी कवि फराज लेख्छन्,

अमिर शहर गरिवाेंको लुट लेता है
कभि व–हिला–ए मजहव कभि वो–नामे–वतन

शहरमा धनासेढहरुको रजगज हुन्छ। शासन हुन्छ। त्यहाँ गरिवीको ढाडमा टेकेर सवार भएका हुन्छन्। राष्ट्र र धर्म दुवैले लुट खसौट गरेका छन् गरीवीमाथि। राज्यसत्ता जुन विचारको हुन्छ शिक्षा शासन धर्म सम्पत्तिमा आफ्नो हातमा लिएर वर्चश्व स्थापित गर्छन् र मानिसहरुलाई अझ गरीव, निमुखाहरुलाई स्वतन्त्रताको नाममा राजनैतिक विचारको नाममा राष्ट्रको नाममा पराजित बनाउँछन्।

अकबर राजाको नवरत्नझै स्वघोषित बुद्धिजीवीहरु स्तुतिको कृति लेख्न थाल्छन्। वेलायततिरको माक्र्सवादपछि समाजवादी दृष्टिकोण पनि मजदुर आन्दोलनलाई बोलिएको थियो ‘हामी सामाजवाद बनाउन चाहान्छौं तर समाजवादी होइन।’

नेपालमा राष्ट्र र राष्ट्रियताको नाममा राजनीति छ। प्रजातान्त्रिक समाजवाद र जनताको जनवादी समाजवादको राजनीति छ। तर कोही पनि समाजवादी छैन। आकर्षक बजार बुझेर नारा पस्केका छन्।

जीवनशैली पूँजीवादी र सामन्ती छ, ब्यवहार उही प्रकारको छ तर समाजवादको नारा मात्र होइन राजनीति सहमतमै समाजवादी उन्मूख अर्थतन्त्रको संविधानमा सपना टाँसिदिएका छन्। नश्लमा, जातिमा, धर्ममा विस्तारै विश्वब्यापी नेपालमा पस्दै आक्रान्त पार्दैछ। यिनै पृष्ठभूमिमा कोरोनाको कारणले विश्व संवेदना, भय, त्रास, निराशा, यातना, भोक, रोजगारी तिलान्जलीमा बाँचिरहेको अवस्थामा नेपाल अछुत रहन सकेन।

आज जुन भीडले नेपालको अर्थतन्त्र बाँचेको थियो सो भीड देश खोज्दै आयो, भूमि खोज्दै आयो तर निरासा हातमा लाग्यो। रोजगारीको कुनै योजना बनेन, कोही प्रममा रहिरहने, कोही दल चाहिने कोही सभापतिमा अडिरहने र कोही खोजिरहनेको बीचको लडाई देखेर निराशा भए । झन्डै झन्डै सायर हिमायत अलिको कुर्सी कविताजस्तै भो

सानो देश छ, अर्थतन्त्र सानो छ, तर मन पनि सानो रहेको कुरा आज दोस्रो कोरोना कहरले गाँजेको देश भारतमा भोकका लागि, रोजगारीका लागि गएको वर्तमानको भीड देख्दा यी कुन देशका मनका, भावका नागरिक हुन् भलै कागजमा जहाँको लेखिएको भए पनि मनमा प्रश्न उठ्नु अस्वाभाविक होइन।

रोगको त्रासले जन्मेको भूमि, नागरिकता लिएको भूमि, परिवार बसेको भूमिमा पुनः सन्त्रासमै बा“च्न भनेर आए। केही आशा थियो शासन सत्तासँगै रोजगारीको, भोकमरी निदानको, औषधि उपचारको।  उनीहरुको इच्छा रेगिस्तान र मृगतृष्णाको विम्ब नै भो।

आज जुन भीडले नेपालको अर्थतन्त्र बाँचेको थियो सो भीड देश खोज्दै आयो, भूमि खोज्दै आयो तर निरासा हातमा लाग्यो। रोजगारीको कुनै योजना बनेन, कोही प्रममा रहिरहने, कोही दल चाहिने कोही सभापतिमा अडिरहने र कोही खोजिरहनेको बीचको लडाई देखेर निराशा भए । झन्डै झन्डै सायर हिमायत अलिको कुर्सी कविताजस्तै भो—

जंगलमा खुंखार दरिन्दा था मेरा हमसाया
अपनी जान बचाने , मैँ जंगल से बाहरआया
शहर मेँ भी है मेरा खुनका प्यासा इक चौपाया

यथास्थितिबाट निस्कन पूर्वका, पश्चिमका, उत्तरका, दक्षिणका नेपालले रोजगारी दिन नसकी विदेशिएका नेपालीहरु पुनः उहीँ गए जहाँबाट सुरक्षाको अनुभूति हुन नसकी भीडका भीड नेपाल आएका थिए। दलहरु कस्का, नेताहरु कस्का, तन तहका सरकार कस्का प्रश्न गरी गएका भीडहरुप्रति राज्य मौन छ, दलहरु मौन छन, कहिलेकाँही सानो तिनो पत्रिकामा शब्दजालको अपिल गर्न पुग्दछन्।

हुन त आजको नेपाल बिचित्रमय भएको छ। किसानले समयमा मल पाउँदैन, विचौलियाले ठेक्का प्राप्त गरेपछि समयमा मल आएन। उसको कारणबाट जुन पिडामा किसान रहे, यस्तै अनेकौं बिचौलियाका कारणबाट नेपालीले पीडा भोगिरहेका छन्।

कस्तो देशको नागरिक हामी एउटा विचौलियाले समयमा सामान दिन नसक्दा कानूनबमोजिम धरौटी जफत गर्दा सरकारको महान उपलब्धी र मन्त्री बधाइको पात्र हुनुले हामी कहाँ छौं भन्ने यथार्थ चित्रण दिदैँन र। उत्पादन कहीं छैन तर करको दायरा आम मानिसले जान्न नसक्ने नक्कली समाजवादीहरुले थपेका छन्।

अन्न छ फलफूल तरकारी प्राप्त भैरहेको छ त्यसैले भोकभन्दा स्वतन्त्रताको नारा प्यारो होला तर भोकभोकै मर्नुपर्दा स्वतन्त्रताले मात्र बचाउँदैन। सम्पन्न भएपछिहरुका लागि जीवनको स्वतन्त्रताको खोजी होला।

आज नेपालले छहारी दिन नसकेर पुनः फर्केका विदेशमा काम गर्ने नेपालीहरु स्वतनत्रताको लागि गएका होइनन्, मान्छेको भोक रोगका लागि चाहिने आधारभूत आवश्यकताका लागि विदेशिएका हुन्।

राष्ट्रवादले खान दिएन, धर्मवादले दिएन। समाजवादी नभएका समाजवादको कल्पना गर्नेहरुले केही दिन सकेनन्। हुन त हामी सामान्य मानिसले बुझ्ने कुरा राज्य आमनागरिकको विधिविधानअनुसारको प्रतिनिधि हो।

कस्तो देशको नागरिक हामी एउटा विचौलियाले समयमा सामान दिन नसक्दा कानूनबमोजिम धरौटी जफत गर्दा सरकारको महान उपलब्धी र मन्त्री बधाइको पात्र हुनुले हामी कहाँ छौं भन्ने यथार्थ चित्रण दिदैँन र। उत्पादन कहीं छैन तर करको दायरा आम मानिसले जान्न नसक्ने नक्कली समाजवादीहरुले थपेका छन्।

आम नागरिकको मालिक होइन। राज्यका प्रतिनिधिहरु दैवियशक्तिका पात्रहरु होइनन् भलै उनीहरुले आफूलाई यही ठानेका होलान्। १९ औं शताब्दीको अन्यतिर माक्र्सवाद एवं अराजकवादको आधारमा फ्रन्सिसी संघवादको अवधारणा जन्मियो।

सो अवधारणामा श्रमिकहरुको न कोई मातृभूमि हुन्छ न कुनै देश, भुखा र नांगाको लागि मातृभूमिको आदेश खोक्रो हो भनेझै कता कता सत्य पनि लाग्छ, कता कता देश र मातृभूमि भनेको जीवन पनि लाग्छ।

भेका र नांगा भै भात र कपडाका लागि विदेशिएका पनि कोभिड १९ को कहरमा गएका नेपाली दाजुभाइ देख्दा देश के हो भनेर, राज्य केहो भनेर प्रश्न पनि सोध्न मन लाग्छ। मान्छे यायावरी होला तर जन्मेको भूमिप्रति माया लागेर सहयोग सद्भावको अपेक्षाका साथ आएका थिए।

पुनः जादैछन् अन्धराष्ट्रवादले खान दिदैँन। कागजी समाजवाद, विचौलियाको पकडको अर्थतन्त्रले रोजगारी दिदैँन भूगोलको सीमाप्रति सचेत हुँदाहुदैँ पनि आफ्नो देशको माया प्रेम र मानवीयसहितको देशभक्त हुदाहुदै पनि आफ्नो मुलुक विरानो बन्छ भने प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, जनतन्त्र, समाजवाद जे भने पनि यथार्थमा जनताको घरआगनमा रोजगारी श्रम गर्न पाइने ठाउँ, भोक मेटाउने अन्नको जोहो, औषधि उपचार, राज्यको नेतृत्वमा जनताको सहभागितामा जवसम्म आउदैन तवसम्म हामी मतदातालाई मूर्ख बनाउँदै हामीद्वारा नै अनुमति प्राप्त गरी शासन चलाउने विधिविधानले शासित भइरहने छौँ।

बसाई हिड्नेको ताँतीले मन दुखाई रहन्छमात्र। दुखेका मनहरु जवसम्म संगठित भै आफ्नो अधिकारको पहिचान गर्दैनौ तबसम्म अनेकवादहरुले हामीलाई शोषणमात्र गर्नेछन्, गुलाम मात्र बनाउने छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *