कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृति दिने सेवा सोमबारदेखि सूचारु हुने

डिसी नेपाल
१८ असोज २०७७ १४:०५

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति सोमबारदेखि पुनः सूचारु हुने भएको छ । फ्रन्ट डेस्कमै खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि गएकाे बुधबारदेखि कार्यालयले सेबा प्रवाह रोकेको थियो।

सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारु गरिने कार्यालयले जनाएको छ ।

सेवाग्राहीले कार्यालय परिषरमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउनेछन् । त्यस्तै प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *