गण्डकीमा ३४ जना कोरोना संक्रमितको मृत्यु
गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा नवलपरासी पूर्वका १०० जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८ जना, लमजुङका छ जना, कास्कीका चार जना एवम् स्याङ्जा र गोरखाका दुई÷दुई जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए।
प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८८२ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५९ पुगेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment