विश्वमा कोरोना : निको हुनेको संख्या २ करोड ६२ लाख बढी, साउदीमा ७ महिनापछि मक्का खुल्ला
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर ३ करोड ५३ लाख १६ हजार भन्दा धेरै संक्रमित भएका छन्। हालसम्म २ करोड ६२ लाख ८५ हजार ३५६ जना निको भएका छन्। अहिले ७९ लाख ९० हजार ३०९ जनाको उपचार भइरहेको छ। हालसम्म मृत्यु हुनेको संख्या दश लाख ४० हजार भन्दा बढी छ।
सबैभन्दा धेरै अमेरिकामा ७६ लाख २० हजार ३०६ जना संक्रमित हुँदा २ लाख १४ हजार ४५४ जनाको मृत्यु भएको छ। अमेरिकामा ४८ लाख ३४ लाख ३४७ जना निको भएका छन्।
दोस्रो नम्बरमा रहेको भारतमा ६६ लाख २२ हजार १३५ जना संक्रमित भएका छन् भने १ लाख २ हजार ७१४ जनाको मृत्यु भएको छ। भारतमा ५५ लाख ८३ हजार ४०५ जना उपचारपछि निको भएका छन्।
तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४९ लाख ६ हजार ८८३ जना संक्रमित भएका छन् भने १ लाख ४६ हजार ११ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४२ लाख ४८ हजार ५७४ जनाको निको भएका छन्।
साउदी अरबले सात पछि आइतारदेखि मुस्लिमको धार्मिक स्थल मक्कालाई उमराका लागि खुला गरेको छ। तर स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने बताइएको छ। धार्मिकस्थल तीन चरणमा खुल्ला गरिने बताइएको छ। पहिलो चरणमा साउदीका ६ हजार जनालाई मक्का जाने अनुमित प्रदान गरिएको छ।
दोस्रो चरणमा १८ अक्टुबरपछि बढीमा १५ हजार जायरीन र नमाजका लागि ४० हजार मानिसलाई अनुमति दिने बताइएको छ। उमराका लागि मोबाइल एप्लिकेशनबाट आवेदन दिनुपर्ने हुन्छ। हज मन्त्रीका अनुसार देश बाहिरका जायरीन भने एक नोभेम्बरबाट मक्का जान पाउनेछन्।
साउदीमा हालसम्म ३ लाख ३५ हजार भन्दा धेरै संक्रमित पुगेका छन्। साउदीमा ४ हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ।
Facebook Comment