मकै घर : भोक मेटियो तर, मन मेटिएन

धनकुमार कार्की
१९ असोज २०७७ ७:४१

काठमाडाैं। ‘हजुरआमा भन्नुहुन्थ्यो खाए मकै नखाए भोकै’ हजुरको यादमा, ‘‘मकै घर’’ यस्ता थुप्रै वाक्यांहरु भेटिन्छन् यहाँ। बाहिर हेर्दा सामान्य खाजा घर जस्तो, भित्र पसेर अनुभव गर्दा कसको मन नलोभिएला यहाँकाे वातावरण देखेर। मकैका पारखीहरुका लागि त झनै सुनमा सुगन्ध।

नयाँ बानेश्वर चोकदेखि पुरानो बानेश्वर जाने बाटोमा करिब ३ सय मिटर उत्तरतर्फ गएपछि एपेक्स मल छ, त्यसको दायाँबाट भित्र लागेपछि करिब ३ सय मिटर अगाडि संगम चोकैमा रहेको छ ठेट्नो मकै घर।

ठेटेनो मकैघरले परिचित मकैका धेरै परिकारहरु पाउने ठाउँ हो यो। इन्जिनियर बिपिन कँडेलले करिब डेढ बर्ष अघि खोलेको रेस्टुरेन्ट हो यो। नाम मकै घर। यहाँ मकैका १५ भन्दा बढी परिकारहरु पाइन्छन्।

चार वर्षअघि मेकानिकल इन्जीनियरमा स्नातकोत्तर गरेका पाल्पा रामपुरका बिपिन कँडेल अहिले मकै घरको मालिक भएर बसेका छन्। विपीनलाई मकै असाध्यै मनपर्ने खानेकुरा।

काठमाडौंमा उनको तलतल बाटामा मकै पोल्ने आमाहरूले पूरा गर्थे। फुर्सद हुनेबित्तिकै मकै पोलिरहेका आमैछेउ जान्थे र मकै खान्थे। आगोमा हात पोल्दै, खोक्दै मकै पोलेको देख्दा उनी आफ्नो पेसा सम्झन्थे।

विपिनले कुनै योजना गरेर धेरै सोचेर नभई मकैघर एक्कासी मनमा आएकाले खोलेको बताउँछन्। ‘सडकपेटीमा आमैले मकै पोलिरहनुभएको थियो। कोइला बल्न नसकेको, धुवाँ आइरहेको थियाे,’ उनले भने, ‘यतिकै मकै खाँदै साथीसँगै कुरा गर्दागर्दै यो मकै पोल्ने मेसिन छ कि छैन भन्ने कुरा भयो। सुरुवात चाहीँ त्यहीबाट भयो।’

आगाको कोइला हम्किएर मकै पोल्ने पुरानो तरिकालाई मेसिनमा ढाल्ने उपाय सोचिरहेका थिए बिपिन। मकै मनपर्ने तर पोल्ने र खाने दुवैलाई सडकछेउको दुःख। आफैंलाई नमज्जा लाग्यो, विपीन त्यो दिन सम्झन्छन्, ‘त्यसपछि सोचेँ, सबै बनाउने, पकाउने मेसिन हुन्छ, मकै पोल्ने किन हुँदैन। कि मैले देखेकै छैन?’

मकै पोल्ने मेसिन खोज्दै उनीहरूले बजारतिर बुझन गए।,नेटमा खोजे, तर मेसिन बनेकै रहेनछ। साथीहरूबीचको कुराकानी नै मकै पोल्ने मेसिन बनाउने वातावरण बन्यो, इञ्जिनियरिङ पढ्दाको ज्ञान, सीप यता प्रयोगमा आयो। अध्ययन र कामसँगै ६ महिनामै उनीहरूले मकै पोल्ने मेसिन बनाए। ‘बनाएपछि बेच्नुपर्ला भनेको सोचेको थिएँ। तर बेचिनँ’उनी भन्छन्।

मेसिन बने पनि त्यो बाटोमा बसेर मकै पोल्नेका लागि काम नलाग्ने भयो। मेसिनले धेरै ठाउँ ओगट्थ्यो। बिजुली पनि चाहिने, सडक पेटी वा कुनामा मकै पोल्नुपर्नेहरूले त्यत्रो ठूलो मेसिन कहाँ राखून्? फेरि बनाउनै एक लाख भन्दा माथि लागत लागेको मेसिन किन्ने सामथ्र्य उनीहरूसँग हुँदैन। जसका लागि लक्षित गरेर बनाइयो, उनीहरूलाई नै काम नलाग्ने भयो भन्ने सोचेका थिए।

मेसिन बनेपछि राम्राेसँग बसेर मकै सफा ठाउँमा मकै खान पाए कस्तो हुन्थ्यो भन्ने लाग्यो उनलाई। मेसिन बनाउन एक लाख रुपैयाँको हाराहारीमा खर्च भइसकेको थियो।

अब उनले त्यै मेसिनलाई प्रयोग गरेर मकैको खानेकुरा बनाउने ब्यवसाय गर्न मन लाग्यो।अनि सुरु भयो मकै घरको यात्रा।  मकै पोल्ने मेसिन फलामको पाताबाट बनेको छ। मेसिनमा एकैचोटी दसवटा मकै पोल्न मिल्छ।

मेसिनको तलपटि हावा फाल्ने प्वाल छ। त्यसको माथिपट्टि कोइला राखिन्छ। कोइला राख्ने पातामाथि मकै राख्ने फलामे जाली( होल्ड) छ। स्वीच अन गर्नेबित्तिकै हावा हम्कने र जाली (होल्डर) घुम्ने काम एकैपटक हुन्छ र तापले मकै पोलिन्छ। यसमा बिजुली र कोइलाको आवश्कता पर्दछ।

मान्छेले गर्नेजस्तो झन्झट नहुँदा मकैमा धुँवा लाग्दैन, तीतो हुँदैन। स्वाद पनि मीठो हुने दाबी विपीनको छ। सुरूमा उनले मेसिन मात्र बनाउने सोचेका थिए। मेसिनले ठेट्नो मकै घरु जन्मायो।

करिब एक लाख लगानीको मेसिन कसैले किन्दैन थियो। आफैंले बनाएपछि प्रयोग किन नगर्ने भनेर मकैघर खोलेको हुँ,’ उनले भने।
खुलेको २ बर्ष हुँदै गर्दा आफ्नो व्यवसायबाट विपीन निकै सन्तुष्ट देखिन्छन्। अहिले मकै मःम, भुटेका मकैे, पोलेका मकैेदेखि मकैको चटपटे, खीर लगायत १५ थरि परिकार उनीहरूले पस्कन्छन्।

मकै भने स्थानीय नै प्रयोग गरेको विपीन बताउँछन्। उनले प्रयोग गर्ने मकै काठमाडौं वरिपरिका जिल्लाहरुबाट आउँछ।  यतिबेला बिश्व महामारीले सबै क्षेत्रलाई असर गरिरहेका बेला बिपिनको मकै घरलाई पनि छोडेज।

उनी मकै घरदेखि सन्तुष्ट नै थिए। राम्रै ब्यापार र ग्राहकको मन जित्न सफल भइसकेको मकै घरले बानेश्वर शंखमुल जाने बाटोमा शाखा बिस्तरसमेत गरिसकेको थियो। चार महिना नबित्दै सुरु भयो कोरोजना माहामारी।

सञ्चालन गर्न गाह्रो भएपछि त्यो शाखा अहिले बन्द गरेका छन् विपिनले। बिस्तारै काठमाडौको जनजिवन सहज हुँदै गएपछि ठेट्नो मकै घरले पुरानै अवस्थामा फर्कँदै छ।  उनको मकै घरमा आउने ग्राहककाे प्रतिक्रियाले सन्तुष्ट छन् बिपिन।

सञ्चालक मात्र होइन भित्तामा टाँसिएका अनेक स्टिकरले ग्राहक पनि सन्तुष्ट भएका देखाउँछ। ठेट्नो मकै घरु का स्वाद चाखेर गएकाहरूले आफ्ना सुखद् अनुभूतिले सजिएका छन् भित्ता।

यहाँको अर्को विशेषता पनि छ। पुराना तथा काम लाग्दैन भनिएका सामान पुनः प्रयोगमा ल्याएर विपीनले आफ्नो ज्ञान र सीपको उदाहरण दिएका छन्। पुरानो साइकल रंगाएर, सामान जोडेर टेबल बनाइएको छ। थोत्रा टायरबाट कुर्सी त, मकैको खोसेलाबाट बनेका पिरा मकैघरमा आकर्षक देखिन्छन्।

विपीन भन्छन्, ‘यहाँ आउने ग्राहकले पुनः प्रयोग र प्रशोधनसम्बन्धी पनि जानकारी राखून्, यहाँ देखेर आफैंले नयाँ आइडिया फुराऊन् भन्ने उद्देश्यले यी सामान राखिएको हो।’ बिसपनलाई लाग्छ हामी सबैको आआफेनो सोच्ने तरीका हुन्छ, तर सोचेर गर्ने हो भने चाहीँ केही राम्रै गर्न सकिन्छ। उनले यही कुरा प्रस्तुत गर्न खोजेका छन्।

मकैघर खुलेदेखि भने आफ्ना जीवनका कडा भावहरू मिठासमा बदलिरहेको अनुभव बिपिनले गरिरहेका छन्, बिपिनले गरेको कर्मले उनका परिवार निकै प्रशन्न छन्।

पुलचोक इन्जिनियरीङ क्याम्पसमा पढेका बिपिन सुरुका मकै घरको सुरुका दिनहरु सम्झन्छन्। ‘सुरुमा अली अली गाह्रो भएको एक महिनापछि अली प्रचारप्रसार भएपछि मान्छेहरु आए। राम्राे हुँदै गयो । एउटा आउटलेट खोलेको ४ महिना नहुँदै बन्द गर्नुपर्यो।

विपीनको कार्यानुभवले अबका युवाले अलि फरक ढंगले सोच्नुपर्ने संकेत गर्छ। तर निराश भइहाल्नुपर्ने अवस्था नभएको उनको ठम्याइ छ।
उत्साहित हुँदै सुनाउँछन्, ‘मैले मेरो समस्यालाई समाधानको बाटो दिएको छु। अरुले पनि गर्दा हुन्छ तर आईडिया चोर्ने हो कपी पेष्ट गर्न चाहीँ मिल्दैन नेपलमै सानो लगानीमा गर्न सक्ने ब्यवसायहरु थुपै छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *