मिडिया एलाइन्स , केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघद्वारा सरकारको ध्यनाकर्षण

डिसी नेपाल
१९ असोज २०७७ ११:०३

काठमाडौँ। मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आनले ‘विज्ञापन ऐन २०७६’ कार्यान्वयनमा सरकारले देखाएको उदासिनता, तयारीमा गरेको ढिलाई सम्बन्धमा संयुक्त वक्तव्य जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

तिनै संघको संयुक्त बैठकले उक्त ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भन्दै तत्काल प्रभावकारी कार्यान्वयन गर्ने निर्णय समेत गरेका छन्।

ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएको निष्कर्ष निकाल्दै तत्काल व्यवसायिक व्यक्तिको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न माग गर्ने निर्णय गरेको छ। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत माग गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख छ।

डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान कुनैपनि हालतमा कार्यान्वयनमा ल्याउनसजर्ने र इन्टरनेटका माध्यमबाट टेलिभिजन सिग्नल वितरण गरिरहेका संस्थाहरुले, केबल अपरेटरहरुले जस्तै अनुमति लिनु पर्ने र केबल र इन्टरनेटको शुल्क स्पष्ट गर्नु पर्नेमा सो नगरेको पाइएकाले शुल्कलाई स्पष्ट गर्न गराउनुपर्ने जस्ता बिभिन्न ७ बुँदे मागसहित सरकारको ध्यानाकर्षण समेत गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *