‘गुण्डानाइके’ ‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

डिसी नेपाल
१९ असोज २०७७ १७:२१

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।

काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेका विरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो। यसअघि उनी जुवाखालबाट पक्राउ परेका थिए। उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो।

विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ। बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ। पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको शेयर लगानी रहेको ‘त्यसको स्रोत नखुलेको दावी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *