विश्वमा कोरोना : ट्रम्पकी प्रेस सेक्रेटरीमा कोरोना पोजेटिभ, ३ करोड ५६ लाख बढी संक्रमित

डिसी नेपाल
२० असोज २०७७ ७:००

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ भएपछि ह्वाइट हाउसकी प्र्रेस सेक्रेटरी कायले म्याकनीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। सोमबार उनले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन्।

कायलेले ट्वीट गर्दै भनेकी छन्, ‘बिहीबारदेखि मेरो रिपोर्ट नेटेटिभ आइरहेको थियो। तर, सोमबार पोजेटिभ आएको छ। यद्यपी कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।’

यसअघि राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको थियो। ट्रम्पको वाल्टर रीडको मिलिट्री अस्पतालमा उपचार भइरहेको छ।
उता मलेशियाका प्रधानमन्त्री मोहिउद्दीन यासीन एक जना क्याबिनेट मन्त्रीलाई कोरोना पोजेटिभ भएपनि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

मलेसियामा कोरोनाको दोस्रो लहर सुरु भएको मलेशियाका स्वास्थ्य मन्त्रीले चेतावनी दिएका छन्। सोमबार मात्रै मलेसियामा ४३२ नयाँ संक्रमित थपिएका थिए। योसँगै मलेसियामा १२ हजार ८ सय १३ जनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १३७ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख २४ हजार ७८० पुगेको छ। ती मध्ये २ करोड ६७ लाख २१२ जना निको भएका छन्। हाल ७८ लाख ९ हजार ६७ जनाको उपचार भइरहेको छ भने १० लाख ४४ हजार भन्दा धेरैको मृत्यु भएको छ।

सबै भन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ७६ लाख ६२ हजार ६३५ जना संक्रमित भएका छन् भने अमेरिकामा २ लाख १४ हजार ८४४ जनाको मृत्यु भएको छ। त्यहाँ ४८ लाख ७० हजार ८८३ जना उपचारपछि निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ६६ लाख ८१ हजार ९५३ जना संक्रमित भएका छन् भने १ लाख ३ हजार ६ सयको मृत्यु भएको छ। भारतमा ५६ लाख ५७ हजार ६८६ जना उपचारपछि निको भएका छन्।

ब्राजीलमा ४९ लाख १८ हजार २२ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ४६ लाख ४१७ पुगेको छ। ब्राजीलमा ४२ लाख ६३ हजार २०८ जना उपचारपछि निको भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *