नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने
काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। मंगलबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम तथा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सरकारले गरेको राजनीतिक नियुक्तीलगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। सरकारले मुख्य सचिवमा शंकरदास बैरागी र विभिन्न मुलुकमा राजदूत नियुक्ती गर्दा सरकारसँग सल्लाह नगरेको भन्दै माधव नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ।
सचिवालय बैठकमा पार्टीभित्रको असन्तुष्टिका विषयमा पनि छलफल हुने बताइएको छैन।
प्रतिक्रिया
Facebook Comment