निक्षेप र कर्जामा बैंकहरु आक्रामक : सातामै २७ अर्ब कर्जा, १७ अर्ब निक्षेप बढ्यो
काठमाडौं। कोभिड–१९ को महामारीका कारण सुस्त भएको बैंकिङ कारोबार पुनः पुरानै लयमा फर्किन थालेको छ। दशैं तिहारजस्ता चाडपर्व नजिकिएसँगै आर्थिक गतिविधि बढे पछि बैंकहरुको कर्जा र निक्षेप पनि बृद्धि हुन थालेको हो।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो साता बाणिज्य बैंकहरुमा निक्षेप २७ अर्ब रुपैयाँले बृद्धि हुँदा कर्जा लगानी १७ अर्वले बृद्धि भएको छ।
कोभिड संक्रमण रोक्न सरकारले चैतमा लकडाउन गरेसँगै बैंकहरुको निक्षेप तथा कर्जा लगानी खुम्चिको थियो। आर्थिक वर्षको अन्तिम समय असारसम्म आइपुग्दा बैंकहरुको निक्षेप कथा कर्जा दुवै नकारात्मक भएको थियो।
साउनबाट बिस्तारै बैंकिङ कारोबार बढ्न थालेकोमा बिस्तारै पुरानै लयमा फर्किन थालेको हो। भदौ पहिलो साता बैंकहरुको निक्षेप तथा कर्जा ५/५ अर्वले बृद्धि भएको थियो।
संघका अनुसार असोज १६ गतेसम्ममा बैंकहरुले ३५ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी २९ खर्ब ४६ अर्ब ऋण लगानी गरेका छन्।
गत आवसम्ममा बैंकहरुले ३४ खर्व ८७ अर्ब निक्षेप संकलन गरी २८ खर्ब ७८ अर्व ऋण लगानी गरेका थिए। चालु आवमा बैंकहरुको लगानी ७२ अर्ब निक्षेप र ६८ अर्व लगानी बृद्धि गरेका छन्।
उद्योगी तथा व्यवसायीहरुले दशैलाई लक्षित गर्दै व्यवसाय संचालन गर्न थालेपछि बैंकमा कारोबार बढेको हो। यसैगरी सरकारी कर्मचारीहरुले चाडपर्व खर्च भुक्तानी पाएपनि बैंकिङ कारोबार बढेको हो। कर्पोरेट हाउसहरुले पनि कर्मचारीहरुले चाडपर्व खर्च भुक्तानी गर्न थालेका छन्।
Facebook Comment