स्थानिय जनताहरूले गरे गाउँपालिका तालाबन्दी

डिसी नेपाल
२० असोज २०७७ १३:२६

दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिकामा स्थानिय जनताहरूले तालाबन्दी गरेका छन । त्यहाँका युवाहरूको सहयोगमा यहि असोज १९ गते विभिन्न मागहरू राखेर गाँउपालिकाको कामकारबाहीबाट वाक्क भएका जनताले एक विज्ञप्ति जारी गर्दै उक्त तालाबन्दी गरेका हुन ।

त्यहा जारी गरिएको विज्ञप्तिमा २०७५र०७६ मा गाँउपालिकाले करार शिक्षक नियुक्तिमा प्रश्नपत्र आउटको अडियो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने, प्रश्नपत्र लिक गर्ने कर्मचारीहरूलाई तत्काल कडा कार्वाही गर्नुपर्ने , कोभिड १९ खर्च भएको दुईकरोडको खर्च को हिसाब पारदर्शी गरिनुपर्ने , सडक निर्माण र स्तरोन्नतिमा भएको ब्रमलूट , आईसोलेसन बनाउनेनाममा भएको वनफडानि को निष्पक्ष छानबिनगरी दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न मागरिएको छ ।

विज्ञप्तिमा गाउँपालिकालाई जनप्रतिनिधिहरूले नातागोता र आफन्तहरूको भर्तिकेन्द्र बनाएको आरोप लगाईएको छ । गाउँपालिकाहरूमा जनप्रतिनिधिहरूले मनपरी गरिरहेको चर्चा चलिरहेको देशैभरी चलिरहेको छ ।

आन्दोलनकारी जनताहरूले गाउँपालिकाको करार शिक्षक नियुक्तिमा भएको प्रश्नपत्र लिक प्रकरण , अनियमितता , भ्रष्टाचार , कोभिड(१९ मा भएको भ्रष्टाचार को छानवीन लगाएतका विषयमा पटकपटक छानबिन गर्न ताकेता गर्दापनि गाउँपालि वेवास्ता गरी गैरजिम्मेवार भएकोले तालाबन्दी गर्नुपरेको बताएका छन ।
आफ्ना मागहरूको समयमै सम्बोधन नगरिए र जनताका मागहरूलाई वेवास्ता गरिए जनताका तर्फबाट थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित गाउँपालिका नै हुने जनाइएको छ ।

गाउँपालिकामा एम्बुलेन्स समेत नभएको अबस्थामा पालिकाका अध्यक्ष भने महंगो गाडिमा संघीय राजधानी सयर गरिरहेका छन भने गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत बाबुराम नेपाली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसेरै गाउँपालिका चलाईरहेका छन ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा हालै एक सुत्केरी को मृत्यु भएको थियो । पालिकाका अध्यक्ष धिरबहादुर शाहिलाई भ्रष्ट भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले एक वर्ष अगाडि कब्जामासमेत लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *