नेप्से १४.६८ अंकले बढ्यो, जलविद्युतमा झुम्मिए लगानीकर्ता
काठमाडौं। शेयर बजार परिसुचक बुधबार नेप्से १४.६८ अंकले बढेर १६९७ मा पुगेको छ। बुधबार कारोबार भएकामध्ये उत्पादनमूलक र लघुवित्तको सुचक सामान्य अंकले घटेको छ भने बाँकी सबै उपसमुहको सुचक बढेको छ।
भदौदेखि लगातार जलविद्युत क्षेत्रको शेयर उकालो लाग्न थालेपछि पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइ पनि यही क्षेत्र पर्न थालेको छ। केही महिना अघिसम्म जलविद्युत क्षेत्रको दोस्रो बजार निक्कै ओरालो लागेको थियो।
अधिकांश जलविद्युत क्षेत्रको दोस्रो बजारमा मूल्य आइपीओको प्राथमिक शेयरभन्दा पनि तल पुगेको थियो। जसका कारण लगानीकर्ताहरुको जलविद्युत कम्पनी प्रतिको विश्वास गुमेको थियो। जलविद्युत कम्पनीले साधारण सेयर जारी गर्दा समेत लगानीकर्ताहरु खरीद गर्न लगानीकर्ता डराउँथे। तर अहिले जलविद्युतको सेयर खोसाखोस जस्तै भएको छ।
सबैभन्दा बढी जलविद्युतको सुचक ५ दशमलव ५४ प्रतिशतले बढेको छ भने विकास बैंकको ३ दशमलव ९ प्रतिशत बढेको छ। होटल र वित्त समूहको सुचक करिब ३ प्रतिशतको हाराहारीमा बढेको छ।
केही दिनदेखि उच्च कारोबार हुनेदेखि शेयर मूल्य बढ्नेमा अधिकांश जलविद्युतका कम्पनी छन्। कोरोनाबाट प्रायः सबै क्षेत्र प्रभावित हुँदा पनि विद्युत उत्पादन गरिरहेका जलविद्युत कम्पनीको आम्दानी र नाफामा भने कुनै प्रभाव नपरेकाले लगानीकर्ता यस क्षेत्रका कम्पनीतर्फ आकर्षित भएका हुन्।
बैंकको व्याजदर घट्दा जलविद्युत्तको खर्च कम हुन गएको र मनसुन पनि राम्रो भएकाले लगानीकर्ता आकर्षित भएको शसेयर बजार विष्लेषकहरु बताउँछन्। शेयर कर्जाको ब्याज ८ प्रतिशतमा झरेपछि त्यसको प्रत्यक्ष फाइदा लगानीकर्तालाई भएको छ।
बुधवार अरुण काबेली, अरुण भ्याली सानिमा माई हाइड्रो कम्पनीहरुको सर्वाधिक १५ करोडसम्म सेयर कारोबार भएको छ। चार कम्पनीको शेयर मुल्य १० प्रतिशत बढेर सर्किट लागेको छ। साञ्जेन जलविद्युत, कर्णाली डेभलपमेण्ट, बरुण र नेशनल हाइडोको सेयर मुल्य १० प्रतिशत बढेको छ।
Facebook Comment