स्वास्थ्य मन्त्रालयको अनौठो अपीलः बेहोस हुन लागे जस्तो भएमात्र अस्पताल जानुहोस्
काठमाडौं। कोरोना महामारीको संक्रमण समूदायमा फैलिएर दैनिक ठूलो संख्यामा नयाँ कोरोना संक्रमित थपिएपछि देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकार गरेको छ।
बुधबार ३४३९ जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसरी संक्रमित बढिरहे अस्पतालका बेड अपुग हुने बताए। उनले काठमाडौंको अवस्था झन ठूलो समस्या भएको बताएका छन्।
‘अहिले सामान्य रुघा खोकी, ज्वरो आउँदैमा अस्पताल जानेक्रम बढेको छ। कुनै पनि स्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस होला जस्तो भएमा र पिसाब नआएमा मात्र अस्पताल जान अनुरोध गर्दछौं,’ उनले अनुरोध गरे।
तर प्रवक्ता गौतमले जनताको स्वास्थ्यमा उपचार गर्ने सरकारको दायीत्व रहेको र सरकार त्यसका लागि तयार रहेको भने भन्न छुटाएनन्।
मन्त्रालयको यो अनुरोधपछि समाजिक सञ्जालमा तिब्र आलोचना भएको छ। उपचारका लागि अस्पताल पनि नजाउ भन्न सरकारले नपाउने भन्दै सामाजिक सञ्जालमा सयौं टिप्पणी गरिएका छन्।
Facebook Comment