चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु
चितवन। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको बुधबार अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिए। उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस
प्रतिक्रिया
Facebook Comment