परराष्ट्र सचिवमा भरतराज पौड्याल बढुवा
काठमाडौं। सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएपछि पौडेललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकरी दिए।
नेपाल सरकारको परराष्ट्र सचिव पदमा नियुक्त हुनु भएकोमा आदरणीय श्री भरत राज पौड्यालज्यूलाई मन्त्रालय परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
— MOFA of Nepal ?? (@MofaNepal) October 9, 2020
प्रतिक्रिया
Facebook Comment