दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० गतेदेखि हुने
काठमाडाैं। नेपाली र भारतीय ब्रान्ड र आगन्तुकहरूलाई एउटै मञ्चमा जुटाई एक–अर्का देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट यही असोज ३० गतेबाट नेपाल भारत फ्रेन्चाइज एक्सपो, अवार्ड र समिट आयोजना हुने भएकाे छ।
पहिलो पटक भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको यो सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो ।
कार्यक्रममार्फत दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा बढी लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतिपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने माध्यमको रूपमा उपयोग गरी लाभ उठाउन सक्ने महासंघले विश्वास लिएको छ।
पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो। उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नवीनतम सोचको आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो।
नेपाल, युवाहरूको वाहुल्यता रहेको देश हो । कूल जनसंख्याको करिव ६० प्रतिशत ३० वर्ष मुनीको जनसंख्या रहेको छ । कोभिड १९ को महामारी भन्दा पहिले धेरै जसो प्रतिभाशाली युवाहरु विश्वव्यापी प्रसिद्ध ब्रान्डमा काम गर्ने इच्छा सहित विदेशीने गर्दथे ।
अब विश्वको ध्यान नेपालतर्फ आकर्षित गरी नेपाली यूवाहरूलाई स्वदेशमै पर्याप्त अवसर सृजना गर्न प्रतिष्ठित अन्तराष्ट्रिय ब्रान्डहरू आकर्षित गर्नुपर्ने समय आएको छ ।
फ्लीपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्राण्डहरु सहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भैरहेका छन् ।
Facebook Comment