विश्वमा कोरोना : ३ करोड ७३ लाख बढी संक्रमित, निकाे हुनेकाे संख्या २ कराेड ७८ लाख

डिसी नेपाल
२५ असोज २०७७ ७:४७

काठमाडौं। अस्पतालबाट डिस्चार्ज भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। उनले ह्वाइट हाउसको बालकोनीबाट समर्थकहरुकोअभिवादन स्वीकार गरेका थिए।

संचारमाध्यमलाई सम्वोधन गर्दै उनले भने, ‘म स्वस्थ महशुश गरिरहेको छु। तपाइँहरु सबैले मेरो लागि प्रार्थना गर्नु भयो, त्यसको आभार व्यक्त गर्दछु।’

उता फ्रान्समा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। शुक्रबार मात्रै फ्रान्समा २० हजार भन्दा धेरै संक्रमित थपिएका थिए। फ्रान्सको नेशनल हेल्थ अर्गनाइजेशनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशमा संक्रमणको दोस्रो लहर सुरु भएको जनाएको थियो।

एकै दिनमा यहाँ २० हजार ३३९ जना नयाँ संक्रमित थपिएका छन्। सरकारको सरकारी प्रतिबन्ध पालना नगर्ने विरुद्ध कडा कारवाही गर्नेचेतावनी दिएको छ।

युरोपमा संक्रमणको दोस्रो लहर अनुसार अहिलेसम्म एक लाख भन्दा धेरै संक्रमित थपिएका छन्। बेलायत, रुस, स्पेन र फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हुन्। बेलायतका प्रधानमन्त्रीले सोमबार सरकारले नयाँ प्रतिबन्धनको घोषणा गर्न सक्ने जनाएका छन्।

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार संक्रमण नियन्त्रण गर्न सफल न्युजील्याण्ड अहिलेसम्म सफल मुलुक हो। यहाँको सरकारले निकै राम्रो काम गरेको छ। पछिल्लो समय विश्वका ठूला व्यापारीले न्यूजील्याण्डमा लगायनी गर्ने विषयमा छलफल गर्न थालेका छन्।

विश्वभर कोरोना भाइरसबाट ३ करोड ७३ लाख भन्दा धेरै संक्रमित भएका छन्। निको हुनेको संख्याको २ करोड ७८ लाख ८४ हजार ८३५ पुगेको छ भने दश लाख ७८ हजार भन्दा धेरैको मृत्यु भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *