डा. गोविन्द केसीले अहिले साढे नौ बजे अनशन तोड्ने
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत अभियन्ता डा. गोविन्द केसीले सरकारसँग आठ बुँदे सम्झौता भएपछि आज अनशत तोड्दैछन्।
आइतबार विहान आढे नौ बजे अनशन तोड्ने कार्यक्रम रहेको केसीका सहगोगी प्रितम सुवेदीले जानकारी दिए। सरकार र डा. केसी पक्षबीच शनिबार मध्यराति आठ बुँदे सहमति भएको थियो।
‘सरकारसँग आठ बुँदे सहमति भएपछि आजै साँढे नौ बजे डा. केसीले अनशन तोड्दै हुनुहुन्छ,’ सुवेदीले डिसी नेपालसँग भने, ‘कसको हातबाट जुस पिएर अनशन तोड्ने भन्ने तय भइसकेको छैन।’
डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको हो। शुक्रबार वार्ता भाँडिएको थियो। तर, शनिबार बिहानैदेखि शिक्षामन्त्री र सरकारी वार्ता टोलीबीच भएको छलफलम डा। केसीसँग फेरि वार्ता गर्ने समझदारी भएपछि शुक्रबार मध्य राति वार्ता भएको थियो।
डा. केसीले हरेक प्रदेशमा सरकारी शिक्षण अस्पताल हुनुपर्ने, आईओएमको डिन नियुक्तिमा वरिष्ठताका आधारमा हुनुपर्नेलगायत ६ बुँदे माग राखेर जुम्लाबाट अनशन शुरु गरेका थिए। शनिबार अनशन बसेको २८ औं दिनमा सहमति जुटेको हो।
यसैबीच डाक्टर केसीसँग सम्झौता भएपछि चिकित्सक संघले आव्हान गरेको संघर्षको कार्यक्रम फिर्ता लिएको छ। आज प्रेस विज्ञप्तिमार्फत् कार्यक्रम फिर्ता लिएको हो।
Facebook Comment