ललितपुरमा कोरोना सङ्क्रमित चार हजारभन्दा बढी

डिसी नेपाल
२५ असोज २०७७ १६:०१

ललितपुर। ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ। ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ। त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको छ।

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्र्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए। उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ।”
महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक ट्रेसिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो। “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाैं”, उनले थपे,, “कोभिड सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो।”

लपु महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामा निको भर्ई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय सङ्क्रमित एक हजार २३१ पुगेकामा होम आइसोलेसनमा एक हजार १५० र बिभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका -यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिए।

उनले भने, “शनिवार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन्।

वडाका विभिन्न काममा लागिपर्दा महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएर उहाँहरु होम आइसोलेसनमा बसिरहेका छन्। महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ।

गत बुधाबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएएका थिए। उनले हाल घरबाटै महानगरपालिकाको काम गरिरहनुभएको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराए।

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ५४३ पुगेको छ। तीमध्ये सङ्क्रमण मुक्तभर्ई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय सङ्क्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए। उनले भने, “ कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन सङ्क्रमितको मृत्यु भर्सइकेको छ।”

गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएका थिए। उक्त नगरपालिकाले कोभिड सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताए।

“कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उनले भने, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन सङ्क्रमण बढ्नसक्ने महसुस गरिरहेको छु। यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु।”

गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ३०४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ,। यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेकोे छ।

उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना सङ्क्रमण मुक्त भएएका थिए। कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ। तीमध्ये चार सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताए।

वाग्मती गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए।

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भने, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छाैं।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *