उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल, आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन
काठमडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितिको संख्या अत्यधिक बढेसँगै सरकारले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड १९ डेडिकेड अस्पताल बनाउन निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेपछि यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनले आईसीयू र भेन्टिलेर बढाउने निर्णयसमेत भएको जानकारी दिए।
यस्तै मन्त्रालयले सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्नसमेत अस्पतालहरुलाई निर्देशन दिएको छ। उपत्यकामा भेन्टिलेटरको अभाव हुन थालेपछि सरकारले यस्तो निर्देशन दिएको हो। आकस्मिक बाहेकका अपरेशन नगरिए कोरोना संक्रमितलाई भेन्टिलेटर उपलब्ध गराउन सहज हुने विश्वास मन्त्रालयको छ।
प्रतिक्रिया
Facebook Comment