नर्भिक अस्पतालमा कोभिड आईसीयू सञ्चालनमा

डिसी नेपाल
२७ असोज २०७७ १३:४४

काठमाडौं। नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि (इन्टेन्सिभ कियर युनिट) आइसीयू सञ्चालनमा ल्याएको छ। अस्पतालका सञ्चालक वसन्त चौधरीले मंगलबारदेखि आइसीयु वार्ड सञ्चालनमा ल्याइएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन।

‘उक्त वार्डमा नर्भिक अस्पतालका आइसीयू विशेषज्ञहरुको टोली समेत परिचालित गरिएको नर्भिक अस्पतालका कोभिड इन्चार्ज डा. अजय खड्काले बताए।


नर्भिक अस्पतालको मूल भवनभन्दा छुट्टै १५ शय्याको नवनिर्मित फुल इक्विप्ड कोभिड आइसोलेसन वार्डसञ्चालनमा आएको थियो। यसअघि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा नर्भिक अस्पतालका अध्यक्ष चौधरीले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्दै चौधरीले ५० लाख बराबरको स्वास्थ्य सामग्री र ५० लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *