जनप्रतिनिधिको कोरोनाबाट मृत्यु
राजविराज। सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको मंगलबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।
अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
सप्तरीमा मंगलबार एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् । रासस
प्रतिक्रिया
Facebook Comment