नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा दोस्रो कार्यकालका लागि निर्वाचित

डिसी नेपाल
२८ असोज २०७७ ९:१८

काठमाडौं। नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । यससँगै परिषदमा नेपालको कार्यकाल थप भएको छ । नेपाल अहिले कायम रहेको परिषदका लागि यसअघि भएको निर्वाचनमा पनि निर्वाचित भएको थियो र अहिले पनि परिषद सदस्य छ । आज निर्वाभित भएसँगै नेपाल अब अर्को तीन वर्षे कार्यकालका लागि परिषदको सदस्य रहनेछ ।

कूल ४७ सदस्य हुने परिषदमा एसिया प्रशान्त क्षेत्रका लागि ४ सिट छुट्याइएको छ । यी ४ सिटका लागि नेपालसहित, चीन, पाकिस्तान, साउदी अरेबिया र उज्वेकिस्तान प्रतिस्पर्धामा थिए । यी ५ देशमध्ये साउदी अरेबिया पराजित भएको र अन्य ४ देश निर्वाचित भएको अधिकारकर्मी तथा संयुक्त राष्ट्रसंघीय महिला अधिकार सम्बन्धि अभिसन्धि सिइडिएडब्लुकी उपाध्यक्ष बन्दना राणाले डिसीनेपाललाई बताइन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी जनवरी १ देखि सुरु हुनेछ ।

अल जजीराका अनुसार गोप्य मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो । यस्तै पाकिस्तानले १६९, उज्वेकिस्तानले १६४ र चीनले १३९ मत प्राप्त गरे । पराजित भएको साउदी अरेबियाले ९० मत मात्र प्राप्त गरेको थियो । यससँगै अब संयुक्त राष्ट्रसंघको सर्वोच्च मानवअधिकारसम्बन्धी निकायमा साउदीको कार्यकाल यो वर्षको अन्त्यसँगै सकिनेछ । ४७ सदस्यीय कार्यसमितिका हुने निर्वाचनमा मंगलबार १५ सदस्य निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *