सर्लाही घटनाप्रति नेपाली काँग्रेसको आपत्ति

डिसी नेपाल
२८ असोज २०७७ २२:४०

काठमाडौं। सर्लाहीमा शान्ति प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आपत्ति प्रकट गरेको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरीले बल प्रयोग गरेकोमा आपत्ति प्रकट गरेका छन्।

काँग्रेसको विज्ञप्ति

सर्लाही जिल्ला रामनगर गाउँपालिका वडा नं ७ निवासी दलित महेन्द्र रामको गत असोज २२ गते भएको हत्याको आजको दिनसम्म प्रहरी प्रशासनले मृतकको शव जवरजस्ती वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखेको र मृतकको परिवारको जाहेरी समेत दर्ता नगरेको विरोधमा पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस सर्लाहीले आज आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएका छन् ।

उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र डा। अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंह माथि समेत प्रहरीले दुव्र्यवहार गरको छ भने दुई जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको छ । दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्जका कारण कयौं व्यक्ति घाइते भएका छन् ।

यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *