कर्णालीमा चाडपर्व सुरक्षार्थ ३ हजार बढी प्रहरी परिचालन

डिसी नेपाल
२९ असोज २०७७ १२:५७

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि ३  हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने भएको हो ।

प्रदेश प्रहरीसहित मातहतका जिप्रकाबाट निगरानी तथा सूचना सङ्कलनका लागि सादा पोशाकमा समेत गरी जम्मा ३ हजार ७८९ प्रहरी जनशक्ति खटाइएको प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

“सुरक्षा कार्ययोजनाअन्तर्गत सडक सुशासन सार्वजनिक यातायातका साधनको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी, लिडर स्पिड राडार गनलगायतका प्रविधिहरुको उच्चतम प्रयोग गरिनेछ”, प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आइपर्ने विपद्बाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको व्यवस्था गरिएको छ ।”

त्यसैगरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमारी, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षा व्यवस्था गरिने उनले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *