सुर्नया गाउँपालिका–५ का वडाध्यक्ष मडैको निधन

डिसी नेपाल
२९ असोज २०७७ १६:५२

बैतडी । सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने,“ बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पु¥याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो ।”

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने“शव परिवारको जिम्मा लगाइसकिएकोे छ, परिववार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।” मडै तत्कालीन नेकपा९एमाले०बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *