सर्वोच्च अदालतको आदेशपछि लोकसेवाको परीक्षा स्थगित
![सर्वोच्च अदालतको आदेशपछि लोकसेवाको परीक्षा स्थगित](https://www.dcnepal.com/wp-content/uploads/2020/10/6c2c640fcac2f7e6678600a32e558e351602778029.jpeg)
काठमाडौं। सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै लोकसेवा आयोगले आगामी परीक्षा स्थगित गरेको छ ।
लोक सेवाले असोज ९ गते प्रकाशित राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा कार्यक्रम स्थगित गरेको हो । आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तोकेको थियो ।
बिहीबार सर्वोच्च अदालतमा आयोगले जारी गर्ने मापदण्ड विभेदकारी र कोरोना संक्रमितलाई अपहेलना गर्ने भएको भन्दै मानव अधिकार रक्षक सञ्जालद्वारा दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
अन्तरिम आदेशसँगै कोरोना संक्रमितलाई परीक्षामा सामेल नगराउने गरी आयोगद्वारा जारी मापदण्ड कार्यान्वयनमा रोकिएको हो ।
अदालतले स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमितको गोपनीयता कायम राख्दै परीक्षा दिने व्यवस्था गर्न आयोगका नाममा आदेश गरेको थियो ।
सर्वोच्चको आदेश अनुसार आयोगले आज नै परीक्षा स्थगित गरेको हो । हिमालय टाइम्स दैनिकबाट
Facebook Comment