ललितपुर परिसरका सई कटवाल यस वर्षको सर्वोत्त्कष्ट अनुसन्धान अधिकृत घोषित

डिसी नेपाल
३० असोज २०७७ ८:४८

काठमाडौं। नेपाल प्रहरीले यस वर्षको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा सई सुवास कटवालाई घोषणा गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत कटवाललाई नेपाल प्रहरीले यस वर्ष उत्कृष्ट अनुसन्धान अधिकृतका रुमा पुरस्कृत गर्ने भएको हो।

लामो सयमपछि नेपाल प्रहरीले सईलाई सर्वोउत्कृष्ट अनुसन्धान अधिकृत घोषणा गरेको छ। ललितपुर प्रहरी परिसरमा बसेर उनले विभिन्न अपराधिक घट्नाहरुको सफल अनुसन्धान गरिएको बताइएको छ।

यो वर्षको पूर्ण शान्ति पुरस्कार प्रहरी नायव निरीक्षक (सइ) कृष्ण बहादुर चन्दले पाएका छन्। नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५ औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो।

त्यसैगरी, यो वर्षको लाइफटाइम अचिभमेन्ट पूर्व एसपी तुला बहादुर केसीले पाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान अधिकृत, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत हुँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *