गण्डकीमा काेराेनाका १ हजार ८ सय २१ सक्रिय सङ्क्रमित

डिसी नेपाल
३० असोज २०७७ ११:५५

पाेखरा । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या १ हजार ८ सय २१ पुगेको छ। प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म ७९ हजार ३ सय २ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *