काेराेना सामान्य रुघाखोकी जस्तो रोग होइन, सचेत बनाैं : डा. टेकेन्द्र चौलागाईँ
विश्वमा फैलिरहेको कोरोना भाइरसले रोकिने नामलिइरहेको छैन। यसको आगो नेपालमा पनि दिनानुदिन झनझन दन्किरहेको छ। अहिले कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको छ।
भाइरससँग लड्न अग्रपंक्तिमा खटिरहेका व्यावसायिक व्यक्तित्वहरु दिनानुदिन यसबाट संक्रमित भइरहेका छन्। अझ बढी जोखिम स्वास्थकर्मीहरुलाई छ ।
यस्तै जोखिम मोलेर कामगर्ने मध्ये एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका दन्तचिकित्सक डा. टेकेन्द्र चौलागाईँ हुन्। केही दिन अघिमात्रै कोरोना भाइरससँगको जितपछि निरन्तर काममा जान थालेका छन्। उनै चौलागाईँसँग डिसी नेपालका लागि कमल साउदले गरेको कुराकानी :
तपाई कसरी संक्रमित हुनुभयो? सावधानी कत्तिको अपनाउनु भएको थियो?
म त्रिवि शिक्षण अस्पतालको दाँत बाँध्ने अर्थोडेन्टिक्स डिपार्टमेन्टको रेजिडेन्ट हो। हाम्रो पेसामा अब मुखैमा बसेर काम गर्नुपर्छ। हामीले पीपीई त लगाइरहेका थियौं। बिरामी धेरै छन्, कतिबेला संक्रमित भइयो थाहा नै भएन। सकेजति सावधानी त अपनाइयो तर पर्याप्त भएन छ सायद।
संक्रमित हुँदा के–कस्ता लक्षण देखिएका थिए?
मलाइ त्यस्तो खासै केही लक्षण देखिएन। २ दिन जिउ दुख्यो अनि अलिअलि घाँटी खसखसाउने भयो। त्यसपछि अरु लक्षणहरु देखिएन। तर, निको भइसकेपछि अहिले अलि कमजोरी भएको महसुस हुन्छ। भ-याङ चढ्दा स्वास फुल्छ। अनि बोल्दा खेरी पनि अलि स्वास फुल्छ।
यो सामान्य रुघाखोकी जस्तो रोग होइन। मलाइ केही नहुने मान्छेलाई त यस्तो छ अब जसमा लक्षण देखिने, भेन्टिलेटरमै राख्नुपर्ने, आईसीयूमै राख्नु पर्ने मान्छेलाई कतिगाह्रो होला अनुमान गर्न सकिन्छ।
यसको उपचार चाहिँ कसरी गर्नुभयो ?
उपचारका रुपमा केही पनि गरिनँ। त्यही तातो पानी पिएँ। २/३ दिन जिउ दुखेको बेला सिटामोल खाएँ। अरु त्यही सामान्य हो। इसोलेसनमा बसेँ, किताब पढे, १÷२ वटा चलचित्र हेरेँ त्यसरी नै गयो।
तर, यसको लागि तातो पानी एकदमै पिउनुपर्छ। किनभने ज्वरो आयो, खोकी धेरै लाग्यो भने शरीरमा पानीको मात्रा कम हुन्छ। त्यसैले पानी धेरै पिउनुपर्छ। अर्को कुरा पानी धेरै पिएमा खोक्न पनि सजिलो हुन्छ । त्यसो भए शरीरका अन्य अंगहरुमा असर पर्दैन।
कोरोना भाइरसको उपचारमा अहिले आयुर्वेदिक औषधिहरुको निकै प्रयोग भइरहेको छ, यो कत्तिको उपयोगी छ ?
हाम्रो प्रधानमन्त्रीज्यूले नै भन्नु भएको छ, बेसार पानी पिउनु भनेर। बेसार पानी मैले पनि पिएँ। अब आयुर्वेदिक औषधिले के हुन्छ भने प्रतिरोधात्मक क्षमता बढ्छ। तर भाइरसको कुनै पनि उपचार छैन।
अहिलेलाई उपचार भनेको नै प्रतिरोधात्मक क्षमता बढाउने हो। उचित मात्रामा खानुपर्यो। आयुर्वेदिक विशेषज्ञहरु पनि छन्। उहाँहरुको सल्लाहमा खानुपर्यो। मात्रा नमिलाई खाँदाअझ नराम्रो असर गर्न सक्छ।
संक्रमित भएपछि कहाँबस्नुभयो?
होम आइसोलेसनमै बसेको थिएँ।
पछिल्लो समय सरकारले होम आइसोलेसनमा जोड दिएको छ। होम आइसोलेसन कत्तिको सुरक्षित छ?
यो त एकदमै सुरक्षित छ। जस्तो यो कोरानालाग्नु भन्दा अगाडि मेरा डाक्टर साथीहरुसँग म निकै घुलमिल थिएँ। तर, उनीहरुलाई चेक गर्दा कोरोना देखिएन। त्यसैले सलाई कोरेजसरी झिल्कोले सर्ने होइन।
घरको परिवारमा कोही कोरोना लागेको मान्छे छ भने उसलाई धेरै आइसोलेसन गरेर अपहेलना गर्ने, सामाजिक भेदभावगर्ने त्यस्तो गर्नु भेदभाव हो। छुट्टै कोठामा बस्ने, मास्क लगाएर बस्ने यसरी बस्दा केहीपनि फरक पर्दैन।
संक्रमित हुँदा के–कस्ता समस्या भोग्नु भयो ?
कस्तो हुन्छ भने कोरोना लाग्यो भन्ने बित्तिकै मान्छेहरुले अलिकति पर राख्न खोज्ने, हेलाको दृष्टिले हेर्ने जस्ता समस्या त छँदैछ। जस्तो मलाइ निको भइसक्यो भनेपनि कसैले थाहा पाएको थिएन भने मलाइ त कोराना लागेको थियो, २०/२१ दिनभयो निको भइसक्यो भनेपनि झसंग हुन्छन्।
उनीहरुले त्यस्तो नभने पनित्यस्तो गर्न खोजेको भाव भड्गीमा आउँछ। त्यस्तो गरिराख्नुपर्ने जरुरत छैन। किनभने योे एउटा रोगमात्रै हो। जसलाई जतिखेर पनि हुनसक्छ।
तपाईँ आफै पनि स्वास्थ्यकर्मी हुनुहुन्छ, स्वास्थ्यकर्मीको नाताले कोरोना महामारी नियन्त्रणमा सरकारसँगै समाजको मनोविज्ञानलाई कसरी हेरिरहनु भएको छ?
सरकारले गरेको काम देखेर त सरकारको प्रसंशा नै गर्छु। किनभने सरकारले यस्तो सीमित स्रोत र साधनमापनि राम्रै काम गरिरहेको छ। अमेरिका, बेलायत, भारतजस्ता राष्ट्रहरुले त यो कोरोना माहामारीलाई रोक्न सकिरहेको छैन भने नेपालमा त अब त्यस्तो स्वास्थ्यको जनशक्ति पनि छैन।
जनतामा त्यति चेतना पनि छैन। यो माहामारी हाम्रो स्वास्थ्य संरचना अनुसार प्राथमिकताको विषय पनि कहिल्यै बनेन। त्यही हिसाबले सरकारले जति काम गरिराछ, त्यो राम्रै गरिराछ। चेतना जगाउने कार्यक्रमको भने कमी छ।
तपाईँ दाँतको डाक्टर पनि भएकाले मुख सम्बन्धीका स्वस्थ्यकर्मीलाई कोरोनाबाट कतिको जोखिम छ?
यो अब संसारभरीमा सबैभन्दा जोखिम हुने नै मुखमा काम गर्ने डाक्टरलाई त्यसैगरी घाँटी, आँखाका डाक्टरलाई हुन्छ। किनभने प्रत्यक्ष मुखमा काम गर्नुपर्छ। ¥यालबाट, मुखबाट निस्किने सानासाना छिटाबाट सर्ने भएकाले संसारभरीमा सबैभन्दा उच्च जोखिममा दाँतका डाक्टरहरु नै छन्।
पछिल्लो समयअग्रपंक्तिमा खटिनेहरुमा कोरोना संक्रमण बढ्दै गएको छ होइन?
अब हाम्रो समुदायमा कोरोना फैलिसकेको हुनाले अग्रपंक्तिमा बसेर कामगर्ने मान्छेहरुलाई पनि कोरोना देखिन थालेको हो। अग्रपंक्तिमा खटिने व्यक्तिेहरुलाई सेवा सुविधा अलि हुनुपर्ने थियो। जस्तो स्वाथ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु लगायतअग्रपंक्तिमा रहेर कामगर्नेहरुका लागि स्टाफ हस्पिटल जस्तो व्यवस्था सरकारले गर्नुपथ्र्यो। त्यो भइरहेको छैन।
अब अग्रपंक्तिमा खटिने मान्छेहरुले नै उपचार पाएनन् भने अन्य मान्छेहरुलाई पनि त्यसले प्रत्यक्ष प्रभाव पार्छ। यस वास्तविकतालाई बुझेर त्यस किसिमका सुविधाहरु दिनुपर्छ।
हाम्रो मनोविज्ञान र व्यवहारले महामारी नियन्त्रणमा कस्तो प्रभाव परेको छ ?
हाम्रो मनोविज्ञान कस्तो छ भन्दाखेरीकेही कुरा मतलब नै नगर्ने। सुरुमा कोरोना महामारी भयो भोलिपल्ट सरकारले लकडाउन नगरे हामीखत्तमै हुन्छौं जस्तो थियो। त्यै भएर त्यतिखेर लकडाउन भयो।
अलि पछाडि केही नभएपछि केही हुँदैन, यो केही पनि होइन भने जस्तो यस्तो खालको मनोविज्ञान छ। भनेको समाजमा अध्ययन नगरिकन यस्तै हो भनेर जाने। यही मनोविज्ञानले गाह्रो भएको होअहिले रोकथाम नियन्त्रण गर्नलाई।
जस्तो २/३ महिना लकडाउन भइसकेपछि पनि सरकारले खोल्ने वित्तिकै सामाजिक दुरी कायम गरिएन। यो सरकारले भन्दा पनि हामीहरु आफैले बुझ्ने कुरा हो। अब यसलाई जनस्वास्थ्य सम्बन्धी जनचेतनाको कमी भन्न सक्छौं। यसले महामारी रोकथाममा प्रभाव पार्छ । त्यस्तो प्रभाव जसले रोग बढाउन मद्दत गर्छ। हामीलाई घटाउने चाहिएको हो।
अन्त्यमा,तपाँईले आमनागरिकलाई दिने सन्देश के हो?
कोरोना भनेको एउटा महामारी हो। यसले ९८ प्रतिशत मान्छेलाई केही समस्या नै नभई निको हुन्छ ।२ प्रतिशत सिरियस बिरामी हुने सम्भावना हुनाले यसमा गंभिर हुनुपर्छ। हामीले सामाजिक दुरी, स्वास्थ्य सम्बन्धी जुन अनुशासन छ त्यो पालना गरिदिनु प-यो। अब यो समुदायस्तरमै फैलिसकेको छ। अहिले चाडबाडको बेला छ।
चाडबाडमा पहिलाको जस्तो नगरी अहिले छुट्टै तरिकाले चाँडबाँड मनाउनुपर्छ। किनभने यो सामान्य बिरामी भएपनि यसले दीर्घकालीन असर गर्ने भएकाले हामीले आफ्नो लागि नभएपनि समुदायको लागि, आमा बुवाको लागि, वृद्धवृद्धाको लागि, केटाकेटीको लागि हामीले अनुशासनमा बसिदिनुपर्छ। पछिल्लो समय त, जुनै उमेर समूहका व्यक्तिलाई यो संक्रमण बढेकाले होसियार हुनुपर्छ। हामी रह्यौ भो चाडपर्व त अर्को साल मनाउँला नि। स्वस्थ रहियो भने।
Facebook Comment