विश्वमा कोरोना : संक्रमितको संख्या ४ करोड नजिक, अमेरिकामा संक्रमण तीव्र
काठमाडौैं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोढ ९९ लाख भन्दा धेरै पुगेको छ। कोरोना संक्रमित हुनेको संख्या २ करोड ९८ लाख ७५ हजार भन्दा धेरै पुगेको छ भने कोरोनाकबाट हालसम्म ११ लाख १४ हजार भन्दा धेरैको मृत्यु भएको छ।
अमेरिकामा राष्ट्रपति चुनावका बीच कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। जन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार अमेरिकामा ६८ हजार नयाँ संक्रमित थपिएका छन्।
जुलाईपछि एकै दिनमा यतिधेरै संक्रमित थपिएको हो पहिले पटक हो। राष्ट्रपतिको चुनाव हुन अब दुई हप्ता बाँकी छ। यसअघि ३१ जुलाईमा ६८ हजार संक्रमित फेला परेका थिए। अगस्त र सेप्टेम्बरमा संक्रमितको संख्यामा केही कमी आएको थियो।
तर अक्टुबरदेखि संक्रमणको दोस्रो लहर सुरु भएको छ। गत हप्ता अमेरिकामा औसत ५५ हजार संक्रमित थपिने गरेका थिए। सेप्टेमबरको तुलनामा यो ६० प्रतिशत धेरै हो।
उता बेलायतमा सरकारी प्रतिबन्ध विरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। प्रधानमन्त्री बोरिस जनसनले संक्रमण रोक्न भन्दै सरकारी प्रतिबन्धको घोषणा गरेका थिए।
यद्यपी प्रदर्शनकारीको संख्या निकै कम भएको प्रहरीले दाबी गरेको छ। बेलायतको कही भागमा कफ्र्यूसमेत लगाइएको छ। यहाँका सबै बार, पब र रेस्टुरेन्ट बन्द गर्न आदेश दिइएको छ।
Facebook Comment