उदयपुरमा स्कार्पियो दुर्घटनामा ५ जनाको मृत्यु, दशैं मनाउन घर फर्किंदै थिए

डिसी नेपाल
२ कार्तिक २०७७ ९:१९

काठमाडौं। उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुङगाको मानेभन्ज्याङ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप आइतबार बिहान १ बजेतिर उदयपुरको भदौरे भीरबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले डिसीनेपाललाई बताए ।

डिएसपी गौतमका अनुसार ओखलढुङगा मानेभन्जाङका ४५ वर्षका रामबहादुर सार्की, सोही स्थानका २५ वर्षका कर्ने सार्की, २६ वर्षकी कुमारीमाया सार्की, २३ वर्षका रामबहादुर सार्की र ४० वर्षका खड्गबहादुर सार्कीको मृत्यु भएको छ । रुपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षका पवन खड्का, मृतकहरुकै गाउँकी १८ वर्षकी कल्पना सार्की र ३१ वर्षकी कुमारी सार्की घाइते भएको डिएसपी गौतमले बताए । घाइतेहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । उनीहरू दशैं मनाउनको लागि भारतबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *