कैलालीमा असईको हत्या आरोपमा ११ जना पक्राउ

डिसी नेपाल
२ कार्तिक २०७७ १५:५१

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको अस्थायी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक असई हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद ड्युटीमा निस्किएका बेला हत्या भएको र सो घट्नामा संलग्न रहेको आरोपमा आशंकित ११ जनालाई पक्राउ गरिएको हो ।

असईको बिकको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको डिआइजी सुवेदीले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *