थप ३७९० जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९४ हजार नाघ्यो
काठमाडौं । सोमबार देशभर ३ हजार ७९० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ७९० संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ।
हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३ सय ३५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा २ हजार ३८८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा दुई हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। गत २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ४७० जना क्वारेन्टिनमा रहेका छन्।
Facebook Comment