मोटरसाइकलको ठक्करबाट मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७७ १६:५८

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी ७,मा भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *