धरानमा थप १ काेराेना सङ्क्रमितको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०७७ १०:४३

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।

इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिए।

नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *