मन्त्रिपरिषद् बैठक जारी, कोरोना नियन्त्रण रणनीतिबारे निर्णय हुन सक्ने

डिसी नेपाल
४ कार्तिक २०७७ १७:२७

काठमाडौं। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रायः सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक मंगलबार पनि बसेको हो। बैठक अहिले पाँच बजेपछि बालुवाटारमा शुरु भएको बालुवाटार निकट स्रोतले जानकारी दियो।

देशमा कोरोना संक्रमणका घटना विस्फोटक रुपमा फैलिएको र सरकारको सो संक्रमण रोक्न कुनै रणनीति हाल कार्यान्वयनमा नरहेकाले सो विषयमा केही निर्णय हुने अपेक्षा गरिएको छ। यस्तै कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएकाले सो निर्णयबारे पनि केही हुन सक्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *