नेपाल भारत सीमाका २ नाका आजदेखि तीन दिनका लागि खोलिँदै

डिसी नेपाल
५ कार्तिक २०७७ १०:३४

काठमाडौं। कोरोनाभाइरस महामारी फैलिएपछि बन्द गरिएको नेपाल भारत अन्तर्राष्ट्रिय सीमाका २ नाकान आजदेखि ३ दिनका लागि खोलिँदैछन् । नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्ड जोड्ने जौलजीति पुन र धार्चुला पुल ३ दिनका लागि खोल्न लागिएको टाइम्स अफ इण्डियाले जनाएको छ । भारतीय सेना र अन्य कामबाट अवकाश पाएका नेपालीहरुले आफ्नो पेन्सन लिन सकुन् भन्ने उद्देश्यले नाका खोल्न लागिएको समाचारमा जनाइएको छ ।

आकाश पाएपछि कैयौं नेपालीहरु घर फर्किएका छन् र बेलाबेलामा भारतका विभिन्न बैंकहरुमा जम्मा गरिएको पेन्सन लिन भारत जाने गर्छन् । नेपालको दार्चुला जिल्ला प्रशासनको अनुरोधपछि यी नाका खोल्ने निर्णय गरिएको हो । नेपालमा रहेका कैयौं अवकाश प्राप्त नेपालीहरुले दशैंको लागि पेन्सनको पैसा निकाल्न आग्रह गरेपछि दार्चुला प्रशासनले यस विषयमा आवश्यक कारवाही अगाडि बढाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *