काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

डिसी नेपाल
५ कार्तिक २०७७ १६:०९

झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।

शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् ।

हाल माइती नेपालको पूनःस्थापना केन्द्रमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए।

कोरोना कहर र बडादशँैका बेला पनि मानव तस्करको गिरोहले नेपाली महिलालाई वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा विदेश लैजाने गतिविधि गरिरहेको यो घटनाले देखाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *