अक्सफोर्ड विश्वविद्यालयको कोरोनाभाइरस भ्याक्सिन ट्रायलमा सहभागी स्वयंसेवकको मृत्यु

डिसी नेपाल
६ कार्तिक २०७७ ९:०६

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको ट्रायलमा सहभागी एक स्वयंसेवकको मृत्यु भएको छ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले मिलेर विकास गरिरहेको यो भ्याक्सिनको ब्राजिलमा भइरहेको तेस्रो चरणको ट्रायलमा सहभागी एक स्वयंसेवकको मृत्यु भएको हो । ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले बुधबार यसको जानकारी दिएको हो ।

यद्यपि स्वयंसेवकको मृत्युपछि पनि ट्रायल भने नरोकिने अल जजीनाको समाचारमा उल्लेख छ । चिकित्सा गोपनीयताका कारण यस विषयमा थप जानकारी दिइएको छैन । ब्राजिलमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल गरिरहेको फेडरल युनिभर्सिटी अफ साओ पाउलोका अनुसार मृत्यु हुने स्वयंसेवक ब्राजिलकै थिए । तर, उनी ब्राजिलमा कहाँ बस्थे भन्नेबारे कुनै जानकारी दिइएको छैन । स्वयंसेवकको मृत्युको समाचारले एस्टजेनेकाको शेयरमा १.७ प्रतिशत गिरावट आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *