कोरोना भ्याक्सिनको ट्रायल गर्ने कम्पनी डा. रेड्डीजको सर्भर ह्याक, विश्वभर काम ठप्प
काठमाडौं। अग्रणी फार्मा गम्पनी डा. रेड्डीजले विश्वभरीका आफ्ना सबै फर्म र आउटलेटको काम ठप्प पारेको छ । कम्पनीको डाटाबेस सर्बरमा साइबर आक्रमण भएपछि कम्पनीले विश्वभरीको काम ठप्प पारेको हो । लाइभमिन्टका अनुसार कम्पनीले आगामी २४ घण्टामा काम पुनः सुरु हुन सक्ने जनाएको छ ।
डा. रेड्डीजले रुसले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको भारतमा ट्रायलको अनुमति पाएको छ । साइबर आक्रमणको खबर बाहिरिनासाथ डा. रेड्डीजको शेयर मूल्यमा ४ प्रतिशतले गिरावट आएको छ । कम्पनीले साइबर आक्रमणपछि आफ्ना सबै डाटा सेन्टरलाई आइसोलेट गरेको बताएको छ । डा. रेड्डीजका भारत, अमेरिका, रुस, बेलायत र ब्राजिलमा कारखाना छन् । रिपोर्टका अनुसार यो आक्रमण गएराती नेपाली समयअनुसार पौने ३ बजे भएको थियो ।
डा. रेड्डीजका सीइओ मुशेक राठीप्ले साइबर आक्रमणका कारण सबै डाटा सेन्टर आइसोलेट गरिएको र २४ घण्टासम्ममा काम पुनः सुरु गरिने अपेक्षा गरिएको बताए । डा. रेड्डीजले केही दिनअघि मात्र रुसको भ्याक्सिन स्पुतनिक भीको भारतमा ट्रायलको अनुमति पाएको थियो । डा. रेड्डीज र रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फण्डलाई भारतको ड्रग कन्ट्रोल जनरल अफ इण्डियाले भ्याक्सिन ट्रायलको अनुमति दिएको थियो ।
Facebook Comment