लमजुङमा करेण्ट लागेर १ जनाकाे मृत्यु, गाउँ नै शाेकमा

डिसी नेपाल
६ कार्तिक २०७७ १४:४६

लमजुङ । करेण्ट लागेर लमजुङमा एक जनाको मृत्यु भएको छ। राइनास नगरपालिका –९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उनलाई करेण्ट लागेको थियो।

उनलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।

केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उनको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *