काठमाडौँ उपत्यकामा मात्रै २३ हजार ७५० सक्रिय संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९ हजार ८२६ जना, भक्तपुरमा १ हजार ४९४ र ललितपुरमा २ हजार ४३० गरी उपत्यकामा २३ हजार ७५० सक्रिय संक्रमित रहेका छन््।
उपत्यकामा हालसम्म ६९ हजार ४९८ जनामा कोरोना पुष्टी भएको छ । ३०३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ भने४५ हजार ४४५ जनाले कोरोना जितिसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएका छन्।
देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।
३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ
Facebook Comment