२७२५ जनाको पीसीआर परीक्षण गर्दा ५७० मा संक्रमण पुष्टि

डिसी नेपाल
११ कार्तिक २०७७ १६:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना पोजेटिभ भेटिएका छन् ।संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् ।

योसँगै कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

योससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *