बैकिङ कसुरका फरार अपराधी पक्राउ

डिसी नेपाल
११ कार्तिक २०७७ १९:२९

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले बैकिङ कसुरमा फरार अपराधीलाई पक्राउ गरेको छ । उच्च अदालत विराटनगरबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि मंगलबार पक्राउ गरी हिरासतमा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाई नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो । उनी त्यतिबेलादेखि फरार रहेका थिए ।

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । एसपी कोइरालाका अनुसार कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *