देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१२ कार्तिक २०७७ २२:३६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रजातन्त्र सेनानी मुल्मीको यही कात्तिक ११ गते ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा ८५ वर्षका उमेरमा निधन भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।

विसं २०१७ फागुन १५ गते तत्कालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा मुल्मीले करीब डेढ वर्ष कारागार जीवन व्यतीत गरेको पार्टीले जनाएको छ । मुल्मीले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याएका थिए ।

उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *