पुनः खुल्यो तातोपानी नाका
काठमाडौं। सिन्धुपाल्चोकस्थित तातोपानी नाका बिहीबादेखि पुन: सञ्चालनमा आएको छ। बिहीबार विहान चीनबाट सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन्।
गत असोजको अन्तिम सातामा एक जना कामदारमा कोरोना देखिएको भन्दै चीनले सामान पठाउन अस्वीकार गरेपछि नाका बन्द भएको थियो तर अहिले भने स्थानीय निकायको पहलमा नाका खुलेको छ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने।
गत असार २५ गतेदेखि बन्द भएको तातोपानी नाका स्थानीय चिनियाँ अधिकारी र नेपालका स्थानीय अधिकारीविच बार्ता भएपछि गत असोज १९ गतेदेखि नाका खुलेको थियो।
नेपालमा कोरोना भाइरस संक्रमण कायमै रहेको भन्दै चिनियाँ पक्षले नाका सञ्चालन गर्न मानेको थिएन। तर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने, सामाग्री अनलोड गर्ने कामदारको पिसिआर परीक्षण रिपोर्ट बुझाउनेजस्ता समझदारीपछि गत असोज १९ देखि नाका खुलेको थियो।
Facebook Comment