मन्त्री विश्वकर्माबाट ग्रामीण सडक निरीक्षण

डिसी नेपाल
१३ कार्तिक २०७७ २२:०९

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गरेका छन् ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उनले सडक, सिँचाई, खानेपानीलगायत पूर्वाधार निर्माण गर्दा गुणस्तरलाई विशेष ध्यान दिइ तोकिएको समयमा काम सकाउन आग्रह गरे।

सो सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्र गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । गण्डकी प्रदेश सरकारले भौैतिक पूूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।

सडक फराकिलो पार्ने, नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्र गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । कालोपत्र गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *