अस्पतालहरु कमाउने काममा नै व्यस्त रहेको अनुभव गरेँ

डिसी नेपाल
१४ कार्तिक २०७७ ९:३७

सुरक्षाका उपाएहरु सबै अपनाउँदा पनि कोरोनाको चपेटामा परियो। घरमा काम गर्ने एकजना भाइ कतैबाट संक्रमित हुन पुग्नु भएछ। उहाँबाट हामीमा आएको जस्तो अनुमान गरेका छौं। अहिले सबै जनाले चेकअप पनि गरायौं। अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।

सामान्य जिउ दुख्ने, ज्वरो जस्तो फिल भएको थियो। मलाइ त अरु कुनै कारण होला जस्तो लागेको थियो। हामीले चाँडै आफ्नै घरका फ्ल्याटहरुमा सेल्फ आइसोलेसनको व्यवस्था ग-यौं। तीन रातसम्म बस्दा पनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएन। हामीले अस्पतालमा बुझ्दा पनि बेड छैन भन्ने कुरा आयो।

मैले काठमाडाैंमा रहेका केही पाँचतारे हाेटलहरूकाे व्यवस्थापन प्रमुखकाे जिम्मेवारी निर्वाह गरिसकेकाे छु। ६महिना अघिसम्म  अन्नपूर्ण होटेल अफ ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिएँ। मलाइ  धेरैले चिन्नु हुन्छ। मेरो बहिनी र छोरी २ जना डक्टर छन्। त्यै पनि अस्पतालहरुमा बेड पाउन साह्रै गाह्रो भयो। हामी आफैंले सबै कुराको व्यवस्था गरेर बस्यौं। हामी केही स्थिति ठिक भएका व्यक्तिहरुका लागि त नेपालमा स्वास्थ्य उपचारका लागि चाहिएको समय बेड पाइँदैन। सामान्य मान्छेहरुको अवस्था के होला? मलाइ यो प्रश्न बारबार आउन थाल्यो।

घरमा बस्दासम्म हामी निकै हतोत्साहित भएका थियौं। मेरो भतिजाले एउटा अस्पतालमा २ वडा क्याविनको व्यवस्था गरे। हामीले ट्याक्सी लिएर अस्पताल पुग्यौं। राति अबेरमात्र अस्पताल पुगेका थियौं। अस्पतालले मलाइ ४ हप्ता बस्नु पर्छ भनेको थियो। हामीलाई आधारभूत औषधिहरु पनि उपलब्ध गराएन।

अस्पतालहरुले बिमारीलाई उपचार गर्नु भन्दा पनि कसरी पैसा कमाउन सकिन्छ भन्नेतर्फ धेरै ध्यान दिएका छन्। पैसा आउने जस्तो बिरामी देखे भने र स्वस्थ व्यक्ति भएपनि उनीहरुले धेरै दिन राख्ने, चेकअप गरेजस्तो गर्ने र तपाईँको बिल बढाउने काम मात्र गर्दा रहेछन्।

मलाइ ‘रेमडिसिविर’ ( Remdesivir) औषधिको तत्काल आवश्यकता थियो। मैले मेरो बाल्यकालको साथी चाल्र्स एंजेल मेंन्डिजलाई सम्पर्क गरेँ। उनी अहिले दिल्लीमा रहेछन्। मलाइ रेमडिसिभर औषधि दिने सल्लाह दिए। मैले अस्पतालका कर्मचारीलाई त्यसको आवश्यता रहेको जानकारी गराएँ। तर, उनीहरुले दिन मानेन्। उनीहरुले मलाइ ४ हप्तासम्म अस्पतालमै बस्नु पर्ने सल्लाह मात्र दिन थाले।

कुनै पनि एन्टिबाइटिक औषधि दिएनन्। अक्सिजको भरमा मात्र ३ दिनसम्म राखे। उनीहरुको व्यवसाय हो। मेरो रगत निकाल्ने चके गर्ने अथवा सामान्य कुरा रेखदेखमै दिनहरु बिताउन थाले। अस्पतालहरुले यस्तो महामारीको बेला आफूले खेल्ने भूमिकाबाट विमुख भएको पाएँ। उनीहरुलाई कसरी विरामीलाई आफूसँग राख्ने र कसरी बिल बढाउने भन्ने बाहेकका काम गरेको अनुभव भएन।

‘रेमडिसिविर’ दिनलाई गरेको आग्रह उनीहरुले मानेनन्। विश्व स्वास्थ्य संगठनले यसलाई प्रभावकारी छैन भनेको छ भनेर मलाइ नै सम्झाउन थाले। मैले चाल्र्ससँग सल्लाह गरेर उनले नै लिन भनेका छन्, मैले चिनेका मान्छेहरुलाई पनि यसले राम्रो काम गरेको छ। तपाईँहरुको ढिलासुस्तीले मेरो शरीरमा गम्भिर नकारात्मक असर पर्न सक्छ भन्ने जस्ता कुरा गरेपछि बल्ल उनीहरुले औषधि सुरु गरे।

अस्पतालले छैन भनेको औषधि मैले आफैं उपलब्ध गराएपछि मात्र उनीहरुले मलाइ लगाएका हुन। त्यसपछि म विस्तारै निको हुँदै गएँ। करिव ९ दिन बसेर फर्के । हालसम्मको जीवनकालमा १ रात पनि अस्पताल नबसेको मान्छे म ९ दिनसम्म बस्दा साह्रै पीडादायी भयो। मैले अघि पनि अलि कुरा गरेँ। उनीहरु आफ्नो व्यवसाय चलाउने रणनीतिमा मात्र हुन्थे। बिरामीको हेरचाह भन्दा बढी उनीहरुलाई कसरी बिल बढाउने भन्नेमा मात्र चिन्ता भएको जस्तो मैले अनुभव गरेँ।

सामान्यतः मैले सबैमा गर्ने अनुरोध भनेको आफैं सतर्क रहनुहोस्। मास्क, सेनिटाइजर र भौतिकदूरी कायम गर्ने कुरामा कहिलै पनि लापरवाही नगर्नुहोस्। हामीले बुझिसकेका छौं, सरकारले कोरोनाको उपचार गर्दैन। आफ्नै खर्चमा गर्नु पर्छ।

अस्पतालहरुले बिमारीलाई उपचार गर्नु भन्दा पनि कसरी पैसा कमाउन सकिन्छ भन्नेतर्फ धेरै ध्यान दिएका छन्। पैसा आउने जस्तो बिरामी देखे भने र स्वस्थ व्यक्ति भएपनि उनीहरुले धेरै दिन राख्ने, चेकअप गरेजस्तो गर्ने र तपाईँको बिल बढाउने काम मात्र गर्दा रहेछन्। यो मेरो अनुभव हो। मैले मेरो अनुभवका कारण अरुल सामान्य मान्छेले यस्तो समस्या भोग्न नपरोस भनेर सल्लाह दिएको हो।

कोरोनाको उपचार र औषधि केही छैन भन्ने कुरा पनि सबैलाई थाह नै छ। हामीले कोरोना खतरनाक हो भन्ने कुरा पनि राम्रोसँग बुझेका छौं। अब यस्तो अवस्थामा आफैं सजक रहनुको कुनै पनि विकल्प छैन। हामीले जसरी हुन्छ आफूलाई कोरोना संक्रमणबाट टाढा राख्ने कोशिस गर्नु पर्छ। सकेसम्म अस्प्ताल जान नै नपरोस्।

शाहसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *